सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

झापाबाट ३ जना फरार प्रतिवादी पक्राउ

सोमबार, ०४ वैशाख २०८०, ११ : ४९
सोमबार, ०४ वैशाख २०८०

झापा । प्रहरीले झापाबाट ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीय दिनानाथ बंशल, ३८ वर्षीय नरबहादुर कार्की उर्फ साइँला दाई र ३१ वर्षीय बुद्ध राई सोरेन उर्फ सुवास छन् ।

दिनानाथ बंशललाई चेक अनादर मुद्दामा अदालतले १० दिन कैद र १ हजार जरिवाना तोकेको छ । झापाको मेचीनगर नगरपालिका–९ घर भएका नरबहादुर कार्कीलाई बालयौन दुरुपयोग मुद्दामा ३ महिना कैद र २५ सय जरिवाना हुने फैसला गरेको छ । कार्कीले पीडितलाई ३० हजार क्षतिपूर्ति भर्नुपर्ने जिल्ला अदालत झापाको ठहर छ ।

कर्तव्यज्यान मुद्दामा बुद्ध राई सोरेनलाई जिल्ला अदालत झापाले १ महिना कैद सजाय हुने फैसला गरेको छ । पक्राउ परेकाहरूलाई जिल्ला अदालतको आदेशले कारागार चलान गरिएको झापाका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप