सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बुटवलमा ल्यापटप चोरेको आरोपमा एक किशोर पक्राउ

सोमबार, ०४ वैशाख २०८०, १३ : २९
सोमबार, ०४ वैशाख २०८०

बुटवल । बुटवलमा साेमवार ल्यापटप चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।   बुटवल उपमहानगरपालिका–१३ लालीगुँरास पथका एक स्थानीयको कोठामा पसेर ल्यापटप सहितको सामान चोरेको आरोपमा सोही ठाउँ बस्ने  १९ वर्षीय शुक्र परियार  पक्राउ परेका हुन् । 

परियारले घरमा कोही नभएको मौका छोपी ल्यापटप, मोबाइल र २ थान स्पिकर चोरी गरिरहेका बेला पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पक्राउ परेका परियारलाई चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी दानबहादुर थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप