आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक : वार्षिक प्रतिवेदन कार्यान्वयनमा केन्द्रित नभएको भन्दै सरकारप्रति असन्तुष्टि

सोमबार, ०४ वैशाख २०८०, १३ : ३७
सोमबार, ०४ वैशाख २०८०

काठमाडौँ । राष्ट्रियसभा बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०६७/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ ।

 सोमबार बसेको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले सो प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी हुन् । प्रस्ताव प्रस्तुत गर्दै समितिकी सभापति थापाले समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनमा केन्द्रित नभएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

समितिले दिएका निर्देशनहरु कार्यान्वयनमा गर्न पटकपटक सरकारलाई सचेत गराइएपनि सरकारले वास्ता नगरेको पनि उनले निष्कर्ष सुनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप