आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

सोमबार, ०४ वैशाख २०८०, १५ : १५
सोमबार, ०४ वैशाख २०८०

काठमाडौँ । राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । 

विसं १९८१ मा जन्मेका तुम्बाहाम्फे २०१५ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन क्षेत्र नं २६ धनकुटाबाट नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित भएका थिए । 

गत चैत २४ गते ९७ वर्षमा उनको निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख गते ५ गते अपराह्न २ः३१ बजे बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप