सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न अर्थमन्त्रीसँग माग

सोमबार, ०४ वैशाख २०८०, १५ : ५८
सोमबार, ०४ वैशाख २०८०

काठमाडौँ । नेपाल अर्बुद रोग निवारण संस्थाले सुर्तीजन्य पदार्थमा लगाउँदै आएको करलाई वृद्धि गर्न माग गरेको छ । 

सोमबार अर्थ मन्त्री डा. प्रकाशशरण महतलाई भेटी संस्थाले नेपालमा सुर्तीजन्य पदार्थमा लाग्ने कर अन्य मुलुकहरूको तुलनामा कम भएको भन्दै वृद्धि गर्न माग गरेको हो । 

संस्थाका अध्यक्ष महेश श्रेष्ठले सुर्तीजन्य पदार्थमा विश्व स्वास्थ्य संगठनले गरेको सिफारिसभन्दा पनि न्यून कर लगाइएको बताए । 

सुर्तीजन्य पदार्थ  सेवनलाई न्यूनीकरण गर्न आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै कर वृद्धिको नीति लागू गर्न माग गरिएको उनले बताए । 

अध्ययन अनुसार नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५ सय २९ जनाको मृत्यु हुने गरेको पाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप