सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘कैदीको पत्र’को ‘घरै बसूँ पीरै पीर’ गीत

सोमबार, ०४ वैशाख २०८०

काठमाडौँ । वैशाख १५ गतेबाट देशभर रिलिजको तयारीमा रहेको फिल्म हो ‘कैदीको पत्र’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको नयाँ गीत ‘घरै बसूँ पिरै पिर’ सार्वजनिक गरेको छ । 

सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार पृथ्वीराज खत्री, कुनाल विश्व र ब्रिटिस अभिनेत्री म्याडिसन लाजारसलाई देख्न सकिन्छ । सनम कुमार बैरागको शब्द, बिनम्र कर्माचार्यको संगीत तथा अभिषेक कार्कीको स्वर रहेको गीत स्कटल्याण्डमा छायांकन भएको हो ।

सनम कुमार बैरागी निर्देशित फिल्म प्रेम र रोमान्सको कथामा निर्माण भएको हो । जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई फिल्मले कथा बनाएको छ ।

फिल्ममा कुनाल विश्व र ब्रिटिस अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, विजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिस कलाकारको अभिनय छ । 

दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी फिल्मका निर्माता हुन् । फिल्म काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया