सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दाङ र बर्दियामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सोमबार, ०४ वैशाख २०८०, १९ : १२
सोमबार, ०४ वैशाख २०८०

काठमाडौँ । दाङ र बर्दिया जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । 

दाङको घोराही उपमहानगरपालिका-११ खैरा चोकमा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु.२ ख ३८१ नम्बरको ट्रकले लु.७३ प ११६२ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १७ वर्षीय गोपाल बिक (सुदन) को घटनास्थलमै र मोटरसाइकल चालक सोही उपमहानगरपालिका-११ खैरा बस्ने २६ वर्षीय सन्देश बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उता बर्दियाको मधुवन नगरपालिका-५ स्थित सडकमा ढोढरीबाट गुलरियातर्फ जाँदै गरेको भे.१ क १८१४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय लाल बहादुर भाटको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । 

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप