सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बैतडीमा जोशीको हत्या आरोपमा एक युवक पक्राउ

सोमबार, ०४ वैशाख २०८०, १९ : २७
सोमबार, ०४ वैशाख २०८०

बैतडी । बैतडीमा धारिलो हतियार प्रहार गरेर छिमेकीको हत्या गरी फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गत २ वैशाखमा दोगडाकेदार गाउँपालिका-८ कालागाउँ बस्ने ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गर्दै हत्या गरी फरार भएका उनका छिमेकी २३ वर्षीय महेन्द्र विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले विष्टलाई दोगडाकेदार गाउँपालिका-८ कै तल्लोतोलीमा लुकेर बसेको अवस्थामा सोमबार पक्राउ गरिएको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह र जिल्लाबाट खटिएको संयुक्त टोलीले विष्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप