आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुसहर टोलमा आगलागी हुँदा आठ घर जलेर नष्ट

सोमबार, ०४ वैशाख २०८०, २२ : ४८
सोमबार, ०४ वैशाख २०८०

धरान । कोशी गाउँपालिका हरिपुर–७ वडास्थित मुसहरटोलमा भएको आगलागीबाट आठ घर जलेर नष्ट भएका छन् । आज दिउँसो भएको आगलागीबाट स्थानीयवासीको लत्ताकपडा, भाँडाकुँडा र भएका अन्न जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट घर जलेर नष्ट भएपछि आठ घरका ३४ परिवार विस्थापित भएको नेकपा (एमाले) कोशी गाउँ कमिटीका अध्यक्ष रामखेलन साहले जानकारी दिए ।

उनका अनुसार हरेराम सदाका चार, शिवनारायण सदाका पाँच, जगदीश सदाका ६, दिनेश सदाका तीन, सुनिता सदाका तीन, चन्द्रदेव सदाका तीन, बेचन सदाका ६ र सुरज सदा चार सदस्यीय परिवार आगलागीबाट विस्थापित भएका छन् । उनीहरूलाई आजको रात काट्न त्रिपाल र भुजा चिउराको व्यवस्था गरिएको अध्यक्ष साहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप