सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पछिल्लो पाँच खेलमा लिभरपुलको पहिलो जीत, लिड्स ६–१ गोल अन्तरले पराजित

मङ्गलबार, ०५ वैशाख २०८०, ०७ : १५
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । लिभरपुलले लिड्स युनाइटेडलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको छ।

प्रिमियर लिगका लागि सोमबार राति भएको एक मात्र खेलमा लिभरपुलले लिडसलाई उसको घरेलु मैदानमा फराकिलो अन्तरले पराजित गरेको हो । पछिल्लो पाँच खेलमा लिभरपुलको यो पहिलो जित हो ।

सो खेलको पहिलो हाफ नै लिभरपुलले २–० को अग्रता लिएको थियो । जसका लागि ३५औँ मिनेटमा गाक्पो र ३९औँ मिनेटमा सालाहले गोल गरेर योगदान गरेका थिए ।

उता, दोस्रो हाफको सुरुमै लिड्सका सिनिस्टेराले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याई दिए तर लिभरपुलका सामु लिडसको केही चलेन । दोस्रो हाफमा लिभरपुलले ४ गोल लिडसको गोल पोस्टमा लगातार हानिरह्यो । 

दोस्रो हाफको सुरुवाती अर्थात ५२ औँ मिनेटमा लिभरपुलका जोटाले थप गोल गर्दै ३–१ को अग्रता बनाए भने सालाहले ६४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर खेललाई ४–१ को स्थितिमा पुर्‍याइदिए । यस्तै,  ७३औँ मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गरे भने खेल सकिनु अन्तिम समयमा अर्थात ९०औँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई ६–१ को फराकिलो अन्तरको जित दिलाए ।

यस जीतसँगै लिभरपुलको ३० खेलबाट ४७ अङ्क बटुलेको छ भने लिड्स ३१ खेलबाट २९ अङ्कसहित १६औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप