सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मोरङबाट तीन लागु औषध कारोबारी पक्राउ

मङ्गलबार, ०५ वैशाख २०८०, ०८ : ५८
मङ्गलबार, ०५ वैशाख २०८०

मोरङ । लागू औषध खैरो हेरोइन (ब्राउन सुगर)को कारोबारमा संलग्न ३ जना पक्राउ परेका छन् । 

उर्लाबारी नगरपालिका–३ केर्खाली चोकमा लागू औषधको कारोबार गरिरहेको अवस्थामा तीन जना पक्राउ पक्राउ परेका हुन ।

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार यसरी पक्राउ पर्नेमा विश्वास धिमाल, २२ वर्षीय आलोक धिमाल र भक्तपुर घर भएका २८ वर्षीय उपेन्द्र खड्का रहेका छन् । लागु औषध कारोबार गरिरहेको अवस्थामा तीनै जनालाई सोमवार राति पक्राउ गरिएको हो । पक्राउ परेकाबाट २१ ग्राम खैरो हेरोइन बरामद भएको छ । 

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गर्नका लागि हिरासतमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप