सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आजबाट दसौँ चरणको खेल हुँदै

मङ्गलबार, ०५ वैशाख २०८०, ०९ : ०९
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजबाट दसौँ चरणको खेल सुरु हुँदैछ । जसअनुसार आज दुई खेल हुनेछन् ।  

पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो तीन बजे सुरु हुनेछ ।

खुमलटार ९ खेलबाट १० अङ्क जोडेर लिगको १० औँ स्थानमा छ भने एनआरटी ७ अङ्कका साथ लिगको पुछारबाट दोस्रोमा छ । 

यस्तै, अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धामा उत्रनेछन् ।  यी दुई टिमबीचको खेल साँझ ६ बजे दशरथ रङ्गशालामा नै हुनेछ । 

मनाङ ९ खेलबाट १५ अङ्क जोडेर लिगको तेस्रो स्थानमा छ भने आर्मी समान खेलबाट १२ अङ्कका साथ लिगको आठौँ  स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप