आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

किन आए साउथ सुपरस्टार अजित कुमार नेपाल ?

मङ्गलबार, ०५ वैशाख २०८०, ११ : ३२
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । साउथ सुपरस्टार अजित कुमार नेपाल आएका छन् । उनी सिलगुढी हुँदै बाइकमै नेपाल आएका हुन् । बाइकका सौखिन अजित आइतबार धनुषाको ढल्केबर र सोमबार झापाको सुरुङंगामा देखिएका थिए । 

उनी नेपालमा रहेको तस्बिर तथा केही भिडियो सामाजिक सञ्जालबाट पनि सार्वजनिक गरिएको छ । जसमा उनी फ्यानबाट घेरिएका छन्, भने उनलाई केही क्यामराले फलो गरेको पनि देख्न सकिन्छ । 

केही सहयोगीका साथ उनी नेपालको मुस्ताङमा एक फिल्मको छायाङ्कनका लागि आएको बताइन्छ । उनी कुन फिल्मका लागि नेपाल आएको त्यसको आधिकारी जानकारी भने बाहिर आएको छैन ।

साउथ फिल्म क्षेत्रका हिट अभिनेता अजित कुमारको नेपालमा पनि राम्रो क्रेज छ । उनी बाइकका सौखिन छन् । बाइकमा विश्वका विभिन्न देश समेत उनले घुमिसकेका छन् । केही समय अगाडि उनी साथीहरूसँग बाइकमै थाइल्यान्ड पुगेका थिए ।

ajit (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप