आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अजित कुमारको सिरिज ‘मिराई’ को छायांकन काठमाडौँमा

मङ्गलबार, ०५ वैशाख २०८०, १८ : १३
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । दक्षिण भारतीय(साउथ) सुपरस्टार अजित कुमारको सिरिज ‘मिराई’ को छायांकन काठमाडौँमा भइरहेको छ । ‘मिराई’ युनिट धनुषा र झापाको छायांकन पछि काठमाडौँमा आएको हो । 

काठमाडौँका विभिन्न क्षेत्रमा फिल्मको ४ दिन सुटिङ हुने निर्माण नियन्त्रक मनोज जोशीले बताए । सुटिङका लागि २२ जनाको टोली नेपाल आएका छन् । सिरिजमा अजितकुमार सहित अभिनेत्री म्याडीको पनि अभिनय रहनेछ ।

अभिनेता अजित कुमार पूर्वी नेपालको झापा, जनकपुर हुँदै बाइक हाँकेर काठमाडौँ आएका हुन् । साउथ फिल्म क्षेत्रका हिट अभिनेता अजित कुमारको नेपालमा पनि राम्रो क्रेज छ । उनी बाइकका सौखिन छन् । बाइकमा विश्वका विभिन्न देश समेत उनले घुमिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप