आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोरङ–सुनसरी औद्योगिक करिडोरमा प्राधिकरणले काट्न थाल्यो बिजुली

मङ्गलबार, ०५ वैशाख २०८०, १८ : ३६
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । मोरङ सुनसरी औद्योगिक कोरिडोरमा हुन थालेको अनियमित विद्यूत आपूर्तिबाट उद्योगहरूमा समस्या पर्न थालेको छ । नेपाल विद्युत् प्राधिकरणले जानकारी नै नदिई बिजुली काट्दा त्यसक्षेत्रमा सञ्चालित उद्योगहरूमा समस्या पर्न थालेको हो ।

विद्युत् आपूर्तिमा देखिएका अनियमितता, लो भोल्टेज र ट्रिपिङ जस्ता समस्याले उद्योगहरूको सञ्चालनमा प्रतिकूल असर पर्न गएको मोरङ व्यापार संघले जनाएको छ । प्राधिकरणबाट विद्युतमा हुने र गरिने त्यस प्रकारका अवरोधात्मक आपूर्तिहरूका कारण उद्योगहरूका प्रशोधन तथा उत्पादनमा रहने कच्चा पदार्थ नष्ट हुने संघले बताएको छ ।

मिल मेशिनरीहरू बिग्रने तथा कामदार श्रमिकहरूको कार्य अवरोध हुने लगायतका समस्याहरू उत्पन्न भई उद्योगहरूका लागत खर्च वृद्धि हुनुका साथै उद्योगहरूलाई ठूलो आर्थिक व्ययभार थपिने परिस्थिति सृजना हुने गरेको छ । उत्पादनमूलक उद्योगहरूका लागि अक्सीजनको रूपमा रहेको विद्युत्को आपूर्तिमा अवरोध हुँदा औद्योगिक चक्र धराशायी हुनुका साथै स्वदेशी लगानी र मुलुकको औद्योगिकीकरण चरम जोखिममा पर्न गएको छ ।

यस सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग संघका प्रतिनिधिको भेटमा उद्योगलाई पर्याप्त बिजुली आपूर्ति दिने भनेको थियो । तर, त्यस अनुरूपका कार्य हुन नसकेकाले चिन्ता पैदा गरेको संघले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप