सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरमा सहकारी सञ्चालकलाई कालोमोसो दलेको आरोपमा ५ जना पक्राउ

मङ्गलबार, ०५ वैशाख २०८०, १८ : ४९
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । भक्तपुरको गठ्ठाघर स्थित कृषि विकास तथा ऋण सहकारी संस्थाका सञ्चालकलाई बचतकर्ताले कालोमोसो दलेका छन् । थिमी नगरपालिका–३ स्थित कार्यालयमा सहकारीका प्रबन्ध निर्देशक समिर खत्रिलाई बचतकर्ताले कालोमोसो दलेर जुत्ताको माला लगाएका हुन् ।

कालोमोसो लगाउनेमा संलग्न ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा मध्यपुर थिमी बस्ने ४४ वर्षीय मुरारी नेपाल, ओखलढुंगा घर भएकी ३६ वर्षीया प्रेम कुमारी तामाङ, झापा घर भएका ३९ वर्षीय कृष्ण संग्रौला, थिमी नगरपालिका–९ बोडे बस्ने ६३ वर्षीय गोरख बहादुर गिरी र ओखलढुंगा घर भएकी ३४ वर्षीया पवित्रा तामाङ छन् ।

१२ वर्षदेखी संचालमा रहेको सो सहकारीले आफ्नो पैसा फिर्ता नदिएको बचतकर्ताको आरोप छ । पक्राउ गरिएकाहरुलाई प्रहरी वृत थिमीमा राखिएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप