आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेइजिङको अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु

मङ्गलबार, ०५ वैशाख २०८०, २२ : ३०
मङ्गलबार, ०५ वैशाख २०८०

बेइजिङ । बेइजिङको फेङ्ताई जिल्लास्थित एक अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको जिल्लाको अग्नि तथा उद्धार विभागले जनाएको छ ।

अग्नि नियन्त्रकहरूले बेइजिङ चाङफेङ अस्पतालको इनपेशेन्ट विभागको भवनमा दिउँसो १२ः५७ मा आगलागी भएको बताएका छन् । दिउँसो १ः३३ बजे आगो निभाइएको थियो । 

आगो निभाउने क्रममा जसमा ७१ जना बिरामीलाई बाहिर निकालिएको थियो । बेलुका ६ बजेसम्म २१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।-(रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप