आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक सुरु

बुधबार, ०६ वैशाख २०८०, ०९ : ११
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न आज संवैधानिक परिषद्को बैठक सुरु भएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा  सिंहदरबारमा बैठक बसेकाे हाे । 

नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन लगायत कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएसँगै संवैधानिक परिषद्को बैठक बसेकाे हो ।

प्रमुख तीन दलका शीर्ष नेताबीच तत्काल प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा यसअघि नै सहमति जुटेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप