सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मानव बेचबिखन मुद्दामा एक पुरुष पक्राउ

बुधबार, ०६ वैशाख २०८०, ११ : ३४
बुधबार, ०६ वैशाख २०८०

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा एक जनालाई पक्राउ गरेको छ ।  लमही नगरपालिका– ५ लमही बजारस्थित विएण्डवि होटेलका सञ्चालक नुमाराम भुसाललाई प्रहरीले बुधवार पक्राउ गरेको हो ।  

भुसालमाथि २०७९ मङ्सिरदेखि २०७९ चैत २७ सम्म विभिन्न प्रलोभन र  डर धम्की देखाएर युवतीमाथि शारीरिक सम्बन्ध राख्न लगाएको र सोबापत रकम असुली गर्दै आएको उजुरी परेको थियो । पीडितको सो उजुरीका आधारमा भुसाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिए । पक्राउ

परेका भुसाललाई मानव बेचबिखन तथा ओसार पसारसम्वन्धी मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरिएको गौतमले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप