एसिसी प्रिमियर कप : आज सिंगापुर र बहराइन तथा मलेसिया र साउदी अरब भिड्दै
बिहीबार, ०७ वैशाख २०८०, ०६ : ५७
काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन्।
कीर्तिपुरस्थित खेल मैदानमा सिंगापुर र बहराइनबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा मलेसिया र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ।
दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। यसअघि बुधवार भएको खेलमा यूएई र ओमान विजयी भएका थिए ।