सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा दसौँ चरणका अन्तिममा दुई खेल हुँदै

बिहीबार, ०७ वैशाख २०८०, ०८ : २२
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल आज दुई खेल हुँदैछ ।  आज हुने दशौँ चरणका अन्तिम दुई खेलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा तथा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथबीच प्रतिस्पर्धा हुनेछ । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा  थ्रीस्टार क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । तेस्रो स्थानमा रहेको थ्रीस्टारले १५ अङ्क जोडेको छ भने  दुई खेल मात्र जितेको हिमालय शेर्पा भने १३औँ स्थानमा छ ।

उता, दशरथ रङ्गशालामा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ भिड्ने छन् । सो खेल साँझ ६ बजेबाट सुरु हुनेछ । छैटौँ स्थानको चर्च ब्वाइजले ९ खेलबाट १५ अङ्क जोडेको छ भने दोस्रो स्थानमा रहेको सातदोबाटोले ९ खेलबाट १७ अङ्क जोडेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप