सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कुसुमको हातमा कहिले पर्ला फिल्म ?

बिहीबार, ०७ वैशाख २०८०, १३ : २६
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । हिजोसम्म गुमनाम नाम थियो कुसुम शर्मा । आज भने जो कोहीले उनलाई चिन्छ । सामाजिक सञ्जालदेखि मिडियासम्ममा केही दिनयता उनकै चर्चा छ । उनको चर्चा गायक प्रकाश सपूतको ‘सकम्बरी’ बोलको गीतका कारण भएको हो । गीतको भिडियोमा उनले नै ‘सकम्बरी (फूलमाया) को भूमिका निर्वाह गरेकी हुन् । भिडियोको चर्चा र विवाद एकाठाउँमा छ । अर्काेतिर भने उनले पर्दाका लागि निडर भएर निर्वाह गरेको भूमिकाले वाहवाही पाइरहेको छ । त्यसकारण पनि उनको अहिले फिल्म अभिनय मोह पलाएको छ ।

हालै रातोपाटीसँगको कुराकानीमा पनि उनले अब फिल्म अभिनय गर्ने बताएकी थिइन् । ‘भाग्यले कहाँ पुर्याउँछ भन्न सक्दिनँ । फिल्म अवसर आए मिस गर्दिनँ’ उनले अगाडि भनेकी थिइन् ‘म्युजिक भिडियो अभिनयले धेरैको मन छोयो । फिल्मको अफर अवश्य मिल्छ ।’ उनले भने झै ‘सकम्बरी’ अभिनयले उनी मेकर्सको आँखामा त परेकी छन् । तर फिल्म अभिनय गर्न उनको चाहना भएर मात्र हुँदैन । निर्माता निर्देशकले उनलाई फिल्म अफर पनि दिनुपर्छ । अहिलेसम्म त उनलाई कुनै फिल्मको अफर भने मिलिसकेको छैन । त्यो अवसर मिल्छ, मिल्दैन वा कहिले मिल्छ अहिलै भन्न सकिन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप