आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गठबन्धन बलियो बनाउन उपेन्द्र यादवलाई जिताउनु पर्छ : देउवा

बिहीबार, ०७ वैशाख २०८०, १५ : ४७
बिहीबार, ०७ वैशाख २०८०

 

बारा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बारा–२ मा जिताएर गठबन्धनलाई बलियो बनाउन आग्रह गरेका छन् । बारामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जसपाका अध्यक्ष तथा बारा–२ का उम्मेदवार उपेन्द्र यादवले मधेसमा राम्रो काम गरेका कारण जिताउन मतदातालाई आग्रह गरे ।

संघीयता र लोकतन्त्रका लागि लडेका उपेन्द्र यादव गठबन्धनका साझा उम्मेदवार रहेको बताउँदै उनले ऐतिहासिक ठाउँसमेत रहेको बाराबाट गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउन आग्रह गरे । उनले गढीमाई मन्दिरलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने धारणासमेत राखे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप