आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओली भन्छन् : यो सरकार केही महिना रहे  वृद्धभत्ता रोकिन्छ, प्रहरीले कपडा फेर्न पाउँदैनन्

बिहीबार, ०७ वैशाख २०८०, १६ : २४
बिहीबार, ०७ वैशाख २०८०

बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार केही महिनाभित्रै अब पनि रहने हो भने वृद्धभत्ता रोक्ने निश्चत रहेको बताएका छन् ।  बिहीबार बाराकाे पचराैतामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विदेशीले समेत नपत्याएको यो सरकारसँग पैसा नै नभएकाले सरकारले दिँदै आएको वृद्धभत्ता रोकिने र प्रहरीलाई कपडा फेर्न समेत नपाउने बताए । 

‘यही सरकार कायम रह्यो भने केही महिनाभित्र वृद्धभत्ता नपाउने खतरा छ, यसले रोक्छ । यही सरकार रहने हो भने प्रहरीले कपडा पनि फेर्न पनि पाउँदैन’,पूर्व प्रधानमन्त्री ओलीले भने, ‘यही कपडाले कति समय चलाउनुपर्ने हो थाहा छैन ।’ अध्यक्ष ओलीले आर्मीलाई बङ्करबाट ब्यारेकमा ल्याउने प्रयास थालेको तर त्यो अभियान समेत रोकिएको बताए । उनले पैसा जति भन्यो त्यति दिने कामधेनु गाई ल्याएको छ र ? भन्दै सरकारलाई  राक्षसको संज्ञा दिए । ‘राक्षस पसेजस्तो भएको छ, ध्वस्त भएको छ देश’, ओलीको भनाइ छ ।  

उनले मुलुकमा साँच्चै पैसा नभएको भन्दै सरकारले पैसा आउने कामै नगरेको बताए । ‘१५ प्रतिशत ब्याज तिरेर कसरी मान्छेले उद्योग चलाउँछ ? किनभने यो सरकारको ध्यान देश र जनता होइन आफन्त पोस्ने हो’, ओलीले यही देशको ढुकुटीबाट बाटो बनाउन पुग्ने भए पनि त्यो कामै नगरेको बताए । उनले गठबन्धन सरकार नपछारेसम्म देशको विकास नहुने दाबी समेत गरे । उनले गढीमाईमा गठबन्धनका नेताहरू आएर एमालेलाई गाली गर्न मात्रै भएको पनि बताए । उनले बारा २ एमालेका उम्मेदवार पुरुषोत्तम पौडेललाई विजयी गराउन र विकासको अभियानमा साथ दिन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप