आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भेरिफाइड एकाउन्टबाट ब्लु टिक हटयो, अब निश्चित शुल्क तिर्नुपर्ने

शुक्रबार, ०८ वैशाख २०८०, ०७ : ४१
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौं। बिहीबार मध्यरातिदेखि लागु हुने गरी ट्विटरले अनपेड एकाउन्टको  ब्लू टिक हटाएको छ । कम्पनिका मालिक एलन मस्कले गत साता गरेको घोषणा अनुसार ट्विटर प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लु टिक बिहीबार मध्यरातीबाट हटेको छ । जसका कारण हजारौं नेपाली प्रयोगकर्ताको पनि ट्विटर एकाउन्टबाट ब्लु टिक हटेको छ ।

मस्कले गत अप्रिल १२ मा गरेको घोषणा अनुसार २० अप्रिल पछि पैसा नतिर्ने एकाउन्टको ब्लू टिक हटने जनाएका थिए । उनले ब्लु टिक लिने भए निश्चित रकम तिनुपर्ने जनाउँदै आएका छन् । उनले ब्लू टिक चाहिएमा मासिक शूल्क तिर्नु पर्ने यसअघि नै बताएका थिए ।

ट्वीटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत ब्यक्तिहरुको एकाउन्टलाई ब्लू टिक प्रदान गरेको थियो । त्यसका लागि कुनै पनि शूल्क लिने गरिएको थिएन । तर, मस्कले ट्विटर किनेपछि कम्पनीले विभिन्न ठूला परिवर्तन गर्ने क्रम भेरिफाइड एकाउन्टवाट ब्लु टिक हटाई दिएर शुल्क तिर्न दबाब बढाएको हो । नेपालमा ब्लू टिक लिनका लागि अब वार्षिक ८४ डलर तिर्नु पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप