सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मिमबहादुर परियारको कवितासंग्रह 'कर्नाली हाँस्दो छ' विमोचन

शुक्रबार, ०८ वैशाख २०८०, १२ : ०९
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । कवि मिमबहादुर परियारको पहिलो कृति कवितासंग्रह 'कर्नाली हाँस्दो छ' सार्वजनिक गरिएको छ । सातै प्रदेशका जनप्रतिनिधिको उपस्थितिमा सबै सहभागी जनप्रतिनिधि नागरिक अगुवा, अभियानताले एकै साथ पुस्तक उठाएर साझा रुपमा विमोचन गरिएको  छ । 

समता फाउन्डेसनको प्रकाशन समता बुक्सले कवितासंग्रह प्रकाशन गरेको हो । कवितासंग्रह भित्र ३५ प्रगतिशील धारका कविता समावेश गरिएको छ । 

कवि परियारका अनुसार 'कर्नाली हाँस्दो छ' दलितको आवाज हो ! कर्नालीको आवाज हो र विद्रोहीको आवाज हो । समग्रमा कर्नाली हाँस्दो छ,  दलित आन्दोलनको एक हिस्सा पनि हो । 

कवितासंग्रहको शिर्ष कविताकै नामबाट संग्रहको नामकरण गरिएको छ ।  यस संग्रहभित्र जातीय छुवाछूत विरुद्ध लेखिएका कविता अधिकांश छन् भने केही कविता कर्नालीका पीडा सम्भावना र कालापहाड ,वैदेशिक रोजगारीका दुखलाई चित्रण गरिएको छ । केही कविताले  कम्युनिस्ट आन्दोलनको विचलित पक्षलाई उजागर गरेको छ । केही कविताले पृतिसत्तामाथि धावा बोलेको छ ।

प्रस्तुत संग्रहमा समावेश कविताहरु रुकुम नरसंहार पछि लेखिएका हुन् । धेरै कविताहरुमा आक्रोश झल्किएको छ, पीडा पोखिएको छ । त्यसको साथसाथै चेतना , चेतावनीको सन्देश बोकेका  छन् । कर्नाली हाँस्दो छ प्रेमिल भाव बोकेको कविता होईन । यसमा प्रकृति प्रेमको वर्णनन्  पनि छैन ।

यसमा छन् त केवल दलितका पीडा,सपना,रहर र सामाजिक रुपान्तरणको मोह छ । 'कर्नाली हाँस्दो छ'का कविताहरु विभिन्न जातीय छुवाछूतका घटनाक्रममा लेखिएका हुन् ।  जस्तैः जातको आधारमा जब दीपा नेपाली , रुपा सुनारहरु भाडाका  कोठाबाट निकालिन्छन् । तब देशमा जातवादीहरु 'तिमी  कोटा छोड हामी कोठा दिन्छौं' भन्दै कोटा र कोठाको बहस चलिरहँदा , आरक्षण, खाली कोठा, लेखिएको हो ।

त्यस्तै नवराज विकको हत्याकाण्ड पछि आजको समाचार लेखिएको हो। फर्जी तमसुक र मिटर ब्याजिको समस्या समाजमा चलिरहँदा कालसिंह दमाईको तमसुक लेखिएको हो। प्रत्येक कविताका आफ्नै कथाव्यथा रहेको छ तर उदेश्य भने साझा छ । सामाजिक रुपान्तरणको सपना छ , रहर छ र विभेद रहित नेपालको चाहाना छ ।

karnali hasdo xa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप