आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

एसीसी प्रिमियर कप : कुशल मल्लको पहिलो शतक

शुक्रबार, ०८ वैशाख २०८०, १२ : ४०
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्धको खेलमा अलराउण्डर कुशल मल्लले पहिलो शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा उनले ओमान विरुद्धको खेलमा शतक प्रहार गरेका हुन् ।

खेलमा छैटौं नम्बरमा ब्याटिङ गरेका कुशलले ५९ बलमा शतक पूरा गरे । उनले ९ चौका र ९ छक्का प्रहार गरे । ३७ औं ओभरको पाँचौ दबलमा अकिब इल्यासलाई छक्का प्रहार गर्दै मल्लले शतक पूरा गरे । योसँगै कुशल नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने पाँचौ खेलाडी समेत बनेका छन् । यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए ।

मल्लले सन् २०२० को क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका विरुद्ध डेब्यु गरेका थिए । उनले अहिले २१औं खेलमा आएर पहिलो शतक प्रहार गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप