मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

नेपाललाई सातौं सफलता, ओमान संकटमा

शुक्रबार, ०८ वैशाख २०८०, १६ : १८
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले सातौं विकेट लिएको छ।  ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले ७ विकेट गुमाएर ४२ ओभरको समाप्तिमा २१० रन  जोडेको छ ।

हालसम्म नेपालका लागि सन्दीप लामिछानेले तीन, दिपेन्द्रसिंह ऐरीले दुई, ललित राजवंशी  र करण केसीले एक–एक विकेट लिएका छन् ।  ४२.२ ओभरमा करण केसीले ६६ रन बनाएर खेलिरहेका मोहम्मद नदिमलाई आउट गरे । नादिम मिडअफ क्षेत्रमा कप्तान रोहितकुमार पौडेलको हातबाट क्याचआउट भए ।

यस्तै ४१.१ ओभरमा ऐरीले ओमानका सन्दीप गौडलाई आउट गराएका हुन्। गौडको प्रहार लङअफ क्षेत्रको बाउन्ड्री लाइन नजिकैबाट सोमपाल कामीले क्याचआउट गराएका थिए । यता ऐरीले २२‌.५ ओभरमा आउट गराएका आयान खानले २८ बलमा २९ रन बनाए । स्पिनर ललितनारायण राजवंशले जतिन्दर सिंहलाई १५ रनमा बोल्ड गर्दा सन्दीपले १३ औं ओभरको तेस्रो बलमा विकेट किपर आदिल शफिकलाई १३ रनमा एलबीडब्लू आउट गरे ।

यसै ओभरको अन्तिम बलमा सन्दीपले कप्तान जिशान मकसुदलाई शून्यमा बोल्ड गरे । सन्दीपले अर्को ओभरको पहिलो बलमा ओपनर कश्याप प्रजापतिलाई २५ रनमा एलबीडब्लू आउट गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप