आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मदिरा व्यवसायी महासंघको अध्यक्ष पदका उम्मेदवार महर्जनद्वारा महाधिवेशन बहिस्कार

शुक्रबार, ०८ वैशाख २०८०, १७ : ५६
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । नेपाल मदिरा व्यवसायी महासंघको अध्यक्ष पदका उम्मेदवार मुकुन्द महर्जनले १७ औं महाधिवेशन बहिस्कार गरेका छन् । 

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महर्जनले महासंघ विधान भन्दा बाहिर गएर सदस्यता लगायत आर्थिक अनियमितता गरेको भन्दै महाधिवेशन बहिस्कार गरेको घोषणा गरेका हुन् ।    

उनले मदिरा व्यवसायीहरुको हक हितमा काम गर्न नसकेको भन्दै महाधिवेशन बहिस्कार गरेको बताए । उनले महासंघको सदस्य बन्न अनिवार्य रुपमा मदिरा व्यवसायी हुनुपर्ने प्रावधान भएपनि विधान विपरीत धेरै गैर व्यवसायीहरुलाई प्रतिनिधि बनाएको आरोप लगाए । उनले महासंघ विधान बमोजिम चल्नुपर्ने तर विधान अनुसार चल्न नसकेको बताए । 

उनले महासंघ संस्थागत निर्णय भन्दा विपरीत,एक्लौटी र मनोमानी रुपमा चलेको पनि बताए ।   उनले महासंघको महाधिवेशन ३ वर्षमा गर्नुपर्ने भन्दा पनि  झारा टार्ने गरी ४ वर्षसम्म नगरेको आरोप लगाए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप