सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

श्रीमान् हुँदाहुँदै परपुरुषसँग लिभिङ टुगेदर, पछि श्रीमानसँगै मिलेर हत्या

शुक्रबार, ०८ वैशाख २०८०, १८ : २८
शुक्रबार, ०८ वैशाख २०८०

बारा । बारामा एक युवकको हत्या गरी फरार रहेका दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पर्साको वीरगन्जका रामु भनिने कैलाश महतो र उनकी श्रीमती रोशनी भनिने हिरा देवीलाई पक्राउ गरेको हो । 

उनीहरुले गत मंसिर २७ गते बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ राजानगर टोलमा बस्ने सुरज भनिने महेश साहको हत्या गरेका थिए । हत्यापछि फरार भएका उनीहरुलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरुमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार घटनाअघि प्रतिवादी रोशनी र मृतक सुरज रोशनीको कोठामा लिभिङ टुगेदरमा बस्दै आएका थिए । 

यहीबीचमा सुरज र रोशनीबीच विवाह गर्ने कुरा भएको तर रोशनीको पहिला नै विवाह भएको थियो । यो कुरा थाहा पाएका सुरजका परिवारले बिहे अस्वीकार गरेका थिए । उनको पहिले बिहे भएका श्रीमानसँग राम्रो सम्बन्ध नभएको बताइएको छ । 

यहीबीचमा मंसिर २७ गते राति रोशनी र सुरजलाई श्रीमान् कैलाश महतोले साथमा फेला परेका थिए । सो क्रममा सुरज र महेश साहबीच विवाद उत्पन्न हुँदा उनको हत्या भएको थियो । हत्यामा पहिले लिभिङ टुगेदरमै बस्दै आएपनि श्रीमानलाई रोशनीले पनि सघाएको खुलेको प्रहरीको भनाइ छ ।  हत्यापछि परालको भुषमा शव लुकाएर दुबै जना फरार भएका थिए । 

उनीहरु भागेर भारतको बिहार, दिल्ली हुँदै केरला मलप्पुरम जिल्लासम्म पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  उनीलाई केरला प्रहरीसँग समन्वय गरी खोज तलास गरिरहेको बेला वैशाख ६ गते नेपाल र भारतको सिमाना नजिकबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप