सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिमकार्ड डुप्लिसेशनमार्फत बैंकमा राखिएको पैसा निकाल्ने व्यक्ति पक्राउ

शुक्रबार, ०८ वैशाख २०८०, १९ : ००
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । सिमकार्ड डुप्लिसेशनमार्फत अनलाइन ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

सामाजिक संजालमा आबद्ध रहेका विभिन्न बैंकहरुको अनलाइन भाइबर ग्रुप अकाउन्टहरुको दुरुपयोग गरी सिमकार्ड डुप्लिसेशनमार्फत ठग्ने सिन्धुपाल्चोकका अनिल थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले  पिडितहरुको बैंक तथा मोबाइल बैंकिङमा पहुँच पुर्‍याई कार्डलेस एटिएममार्फत रकम निकालेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप