सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बसको ठक्करबाट एकजनाको मृत्यु

शुक्रबार, ०८ वैशाख २०८०, १९ : ११
शुक्रबार, ०८ वैशाख २०८०

रुपन्देही । पाल्पादेखि बुटवलतर्फ आउँदै गरेको बसको ठक्करबाट एकजना स्कुटर चालकको मृत्यु भएको छ ।   

दुर्घटनामा परी पाल्पाको बगनासकाली गाउँपालिका–४ का ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिए ।

शुक्रबार दिउँसो तिनाउ गाउँपालिका– ३ फुलगैरास्थित सिद्धार्थ राजमार्गमा गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु१ख ४८४७ नम्बरको बसले सोही दिशामा गुडिरहेको लु७७प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । बसको ठक्करबाट घाइते भएका न्यौपानेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप