सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कतार पुलिसको जागिर लगाइदिने भन्दै ६३ लाख ठगी

शुक्रबार, ०८ वैशाख २०८०, २० : ३२
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । एक व्यक्तिले कतार पुलिसको जागिर लगाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गरेको पाइएको छ ।

ठगी आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सप्तरी कञ्चनपुर गाउँपालिका घर भई हाल  काठमाडौँको टोखा बस्नपुर्ण कुमार दाहाललाई पक्राउ गरेको छ ।

चन्द्र बहादुर खत्री समेत १८ जनाको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् ।  उनले प्रतिव्यक्ति सात लाख रुपैयाँसम्म गरी कुल ६३ लाख ठगेको प्रहरीको भनाइ छ ।

रकम लिएर उनी फरार भएपछि वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । विभागले गरेको पत्राचारका आधारमा उनलाई प्रहरीको विशेष प्रहरी टोलीले झापाको भद्रपुरबाट पक्राउ गरेको हो । उनलाई  अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप