आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
काठमाडौँमा यसरी मनाइयो  ‘इदुलफित्र’ (तस्बिरहरू)
चाडपर्व

काठमाडौँमा यसरी मनाइयो  ‘इदुलफित्र’ (तस्बिरहरू)

शनिबार, ०९ वैशाख २०८०

काठमाडौँ । आज इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इदुलफित्र’ मनाइँदै छ ।  यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मालम्बीहरु एक महिना रोजा (व्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठुलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ । 

चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिए पछि सोही शुक्रवारबाट व्रत बस्न सुरु भएको थियो भने हिजो साउदी अरब, मक्का मदिनामा चन्द्रमा देखिए पछि ‘इदुल फित्र’ पर्वको तिथि तय भएको हो । सोही अनुसार आज मनाउन लागिएको हो ।  

इदको दिन बिहानै काठमाडौँको घण्टाघर नजिकै रहेको कास्मिरी मस्जिदमा नमाज पढ्न मानिसहरू भेला भएका थिए  । प्रस्तुत छ कास्मिरी मस्जिदका केही तस्बिरहरुः

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया