नवलपरासीको बर्दघाट नगरपालिकामा एमाले विजयी
सोमबार, १९ असार २०७४, २१ : २९
नवलपरासी– नवलपरासीको बर्दघाट नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ ।
एमालेका मेयरका उम्मेदवार धिरज शर्मा १२ हजार ८ सय १४ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विश्वप्रेम पाठकले ११ हजार ७ सय ७४ मत प्राप्त गरे ।
यस्तै, बर्दघाट नगरपालिकाको उपमेयरमा पनि एमालेकै मायाँदेवी पौडेल निर्वाचित भएकी छन् । पौडेलले १२ हजार ८ सय ९७ मत प्राप्त गरिन् । निटकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रमिलाकुमारी चौधरीले ११ हजार ५ सय ७४ मत प्राप्त गरिन् ।
नेकपा माओवादी केन्द्र भने तेस्रो भएको छ ।