आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्ड– माधवप्रति ओलीको कटाक्ष: सस्तो मूल्यमा बिके !

शनिबार, ०९ वैशाख २०८०, १७ : १७
शनिबार, ०९ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालप्रति कटाक्ष गर्दै उनीहरू सस्तो मूल्यमा बिकेर कम्युनिस्ट पार्टीलाई ध्वस्त बनाएको बताएका छन् ।  शनिवार कम्युनिस्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमलाई पार्टी कार्यालयमा सम्बोधन गर्दै अध्यक्ष ओलीले उनीहरुले कम्युनिस्ट पार्टीको झन्डा राख्नु नै विकार भएको बताए ।

 ‘हामीले दुई तिहाइ पुर्यायौं । पार्टी एकीकरण गरेर । तर, टुप्पामा बस्ने नेताहरूलाई सहिसक्नु भएन र उनीहरू विके’, प्रचण्ड माधवप्रति लक्षित गर्दै ओलीले भने, ‘यतिकै उनीहरुले कम्युनिस्ट पार्टी ध्वस्त पारेको होइन होला, कुनै कारणविना कम्युनिस्ट पार्टी ध्वस्त पारेको होइन होला, सस्तो मूल्यमा बिके । के कस्तो मूल्य उहाँहरुलै जान्नुहोला । ’ 

अध्यक्ष ओलीले बाहिरबाट देख्ने धेरै कुरा देखिएको भन्दै भित्री कुरा उहाँहरुनै जानेको होला भने । त्यस क्रममा ओलीले सबै पार्टीमा रहेका वामपन्थी र परिवर्तन चाहनेहरूलाई एमालेमा आउन आह्वान समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप