मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोना अपडेट : थप १ जनाको मृत्यु, ७८ जनामा संक्रमण पुष्टि

शनिबार, ०९ वैशाख २०८०, १८ : १८
शनिबार, ०९ वैशाख २०८०

काठमाडौँ । कोरोना संक्रमणवाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार १४८ नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२४ र एन्टीजेनबाट ९२४ नमुना परीक्षण गर्दा पीसीआरबाट २० र एन्टिजेनबाट ५८ को रिपोर्ट पोजिटिभ आएको हो।

 यस अवधिमा ५० जना संक्रमित निको भएका छन् भने सक्रिय कोरोना संक्रमितको संख्या ३८३ पुगेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप