आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

बारा २ उपनिर्वाचन : जसपा, एमाले र रास्वपाका उम्मेदवारले मत हाल्न नपाउने

आइतबार, १० वैशाख २०८०, ०८ : ०२
आइतबार, १० वैशाख २०८०

बारा । बारा २ मा भइरहेको उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदान केन्द्रहरूमा मतदाताहरू लाइन लागेर मतदान गरिरहेका छन् । 

यस क्षेत्रका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव,  नेकपा  एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका छन् ।  

यादव सप्तरी-२ का मतदाता हुन् । त्यसै गरी पुरुषोत्तम पौडेल बारा-३ र  रमेश खरेल काठमाडौँ-१ का मतदाता हुन्  । बार २ मा ३४  जना उम्मेदवार छन् । जसमध्ये १० राजनीति दल र २४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप