मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एसीसी प्रिमियर कप : मलेसियाले ओमानको र युएईले सिंगापुरको सामना गर्दै

आइतबार, १० वैशाख २०८०, ०९ : ५२
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियर कपमा आज दुई खेल भइरहेकाे छ। मुलपानी मैदानमा हुने खेलमा  मलेसिया र ओमानबीच  प्रतिस्पर्धा जारी छ भने टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा  युएई र सिंगापुरबीच प्रतिस्पर्धा भइरहेकाे छ । 

लगातार दुई हारसँगै अङ्क विहीन सिंगापुर पहिलो जितको खोजीमा मैदान उत्रिएकाे छ ।  उपाधिको दाबेदार युएई भने तेस्रो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । 

यस प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।

समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ। फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप