आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री ओली र एफएनसीसीआई प्रतिनिधिमण्डलबीच भेटवार्ता

आइतबार, १० वैशाख २०८०, १० : ३३
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियारले निजी क्षेत्र हेर्नेगरी व्यवस्था भएमा निजी क्षेत्रको थप एक नियामक थपिने र यसले निजी क्षेत्रलाई निरुत्साहित बनाउने वताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटका क्रममा पूर्वप्रधानमन्त्री ओलीले उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुन बेलासम्म पनि आफूलाई जानकारी नभएको वताएका हुन् ।

राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धि विधेयकमा निजी क्षेत्रलाई समेत समेटने व्यवस्था भएकोले उक्त व्यवस्था हटाउन अध्यक्ष ढकालले आग्रह गरेका थिए । अर्थतन्त्रमा ८० प्रतिशत भन्दा बढी लगानी र रोजगारी दिइरहेको निजी क्षेत्र उक्त व्यवस्था पारित भएमा हतोत्साही हुने र लगानीको वातावरण विग्रिनेतर्पm अध्यक्ष ढकालले ध्यानाकर्षण गराए ।

संविधानको धारा २३९ अनुसार अख्तियारले निजी क्षेत्र हेर्न मिल्दैन । यसबारे महासंघले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षा एवं कानुनमन्त्री पूर्णबहादुर खडकाको पनि ध्यानाकर्षण गराइसकेको छ । भेटका क्रममा प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई अख्तियारले हेर्न नमिल्ने हुँदा उक्त व्यवस्था हटाउने प्रतिवद्धता जनाएका थिए । 

यसै विषयमा बिहीबार कांग्रेस संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा सांसदहरुले निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारमा ल्याएर अर्थतन्त्र थप जोखिममा पार्न नहुने धारणा राखेका थिए । यसैगरि पूर्व प्रधानमन्त्री ओलीसँगको भेटमा बैंकिङ प्रणालीमा करिब दुइ खर्ब रुपैयाँ तरलता उपलब्ध हुँदाहुँदै पनि कर्जा प्रवाह नभइरहेको अवस्थामा ब्याजदर कम गर्न तत्काल नीतिगत उपाय अवलम्बन गर्नुेपर्नेतर्फ अध्यक्ष ढकालले पूर्व प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।

साथै, बजार अझै चलायमान नभैसकेको अवस्थामा ऋणको पुर्नसंरचना एवं पुनर्तालिकीकरण पनि आवश्यक रहेकोमा अध्यक्ष ढकालको जोड थियो । ऋणको सावा ब्याज तिर्न सक्ने क्षमता कम हुँदै गएको छ । बैंकहरुको खराब कर्जा अनुपात पनि ४ प्रतिशत हाराहारी पुगिसकेको छ । असार मसान्तमा यो बढने सम्भावना भएको हुँदा कर्जाको पुनर्संरचना एवं पुनर्तालिकीकरण आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप