पाल्पामा बस दुर्घटना अपडेट : ३१ जना घाइते
आइतबार, १० वैशाख २०८०, ११ : २९
पाल्पा। पाल्पामा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा बस दुर्घटना हुँदा ३१ जना घाइते भएको पाल्पाका एसपी हेरम्ब शर्माले रातोपाटीलाई बताए ।
घाइतेहरुलाई उद्दार गरेर अस्पतालमा पठाइएको छ । घाइते यात्रुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक छ ।