सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वरिष्ठ गायिका चन्द्रकला शाहलाई ‘दीर्घ साधना सम्मान’ प्रदान

आइतबार, १० वैशाख २०८०, १४ : ३२
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । वरिष्ठ गायिका तथा गीत संकलक चन्द्रकला शाह ‘दीर्घ साधना सम्मान २०८०’ बाट सम्मानित भएकी छन् । शनिबार राजधानीमा आयोजित ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड’को तेस्रो संस्करणमा उनको ४ दशकदेखिको गायन योगदानको कदर गर्दै यो सम्मान दिइएको हो । 

कार्यक्रममा परराष्ट्र मन्त्री एनपी साउद, अभिनेत्री भुवन चन्द, चैतदेवी, बशुन्धरा भुषाल लगायतले उनलाई नगदसहित उक्त सम्मान प्रदान गरे ।

विमेन्स एरा एण्ड मिडिया ग्रुप प्रा.लि नेपालको आयोजना रहेको कार्यक्रममा रङ्ग पत्रकारिता सम्मान पत्रकार हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुईंटेल, सूर्य चन्द, सुमन सापकोटा, शिवराम भण्डारी र फोटो पत्रकार महम्मद जलिम पनि सम्मानित भए । 

यस्तै, हिमालयन सामाजिक व्यक्तित्व सम्मान–२०७९ बाट वसुन्धरा लामा, सावित्री लामा, सुरेन्द्रप्रसाद सञ्जेल, हिक्मत कार्की, हिमालयन बाल सामाजिक अभियन्ता सम्मानबाट प्रिन्स प्रसिद्ध सिंह थापा, हिमालयन साहित्य साधना सम्मानबाट हरि सिंह थापा, सविता श्रेष्ठ ‘वेहोसी’, शितल कादम्विनी र हेमन्त निरौला, हिमालयन चलचित्र सम्मानबाट रवी कार्की, सरोज शर्मा, वविता श्रेष्ठ र लिलाधर भट्टराई सम्मानित भए ।

कार्यक्रममा हिमालयन गीत सङ्गीत साधना सम्मा कृष्ण गैरे, ज्ञानेन्द्र शाही, तारावीर पाण्डे, अजयकुमार विष्ट, हिमालयन कला साधना एवम् समाजसेवी सम्मान ज्ञानेन्द्रबहादुर खडका, कृष्ण केसी, राजेन्द्र खत्री र अर्जुन गिरी, हिमालयन कला साधना सम्मानबाट अच्युत बजगाईं सम्मानित हुँदा शिव कैलाश कला मन्दिरका भरत पुटुवार, रस्विता रिजाल, चेतकुमारी कार्की र रोशन बुढाथोकीलाई कदर पत्र र सुमित रजक, छिरिङ भोटे मायाको चिनो पाए । 

कार्यक्रममा वरिष्ठ सङ्गीतकार राजु सिंह, गायक शिशिर योगीले मायाको चिनो प्राप्त गरे । माधवराज खरेल, कुलेन्द्र विश्वकर्मा, स्मृति शाही, हेमराज डागी, निरुता खत्री, निमा लामा पाख्रिन, र एलिजिवा पुर्जा पुन जुरी रहेको अवार्डमा बिभिन्न कलाकार र उनीको श्रृजना समेत पुरस्कृत भएका थिए । 

स्रष्टा सर्जकलाई सम्मान गर्ने उद्देश्यले सुरु गरेको अवार्ड केही वर्षदेखि नियमित आयोजना हुँदै आएको अध्यक्ष गणेश सुवेदीले बताए ।

सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्य रहेको चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा, विशिष्ट कलाकार लय संग्रौला, उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, साहित्यकार अमर वान्तु, जनक रावल, राधा भण्डारी, शैलेन्द्र चापागाईँ गायिका देवीका वन्दना, सारिका घिमिरे, कलाकार प्रज्ञा जोशी, शुष्मा कार्की, कविता गेलाल, निक शर्मा, वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधर, चलचित्र पत्रकार संघका अध्यक्ष समिर वलामी, उपाध्याक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटालगायतका धेरै व्यक्तित्वको उपस्थिति रहेको थियो । 

समारोहमा तीन दर्जन बढी कलाकर्मीले अवार्ड समेत प्राप्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप