सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दाङमा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

आइतबार, १० वैशाख २०८०, १६ : ४६
आइतबार, १० वैशाख २०८०

दाङ–  दाङ प्रहरीले श्रीमती हत्याको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ ।  वैशाख ६ गते सामान्य घरायासी विवादमा श्रीमतीको हत्या गरी घर अगाडिकै रछ्यानमा शव गाडेर फरार रहेका घोराही उपमहानगरपालिका वडा नं. १२ का मेघराज केसीलाई प्रहरीले पक्राउ गरेको हो । केसीलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले ८ गते राती पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । 

४१ वर्षीय शारदाकुमारी केसीको हत्या गरी घर अगाडी रछ्यानमा शव गाडेर जंगलको बाटो भाग्दै गरेका केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । जंगलको बाटो हुँदै भारत जाने तयारीमा रहेका  केसीलाई विशेष सूचना र संयन्त्र प्रयोग गरी पक्राउ गरिएको उनले जानकारी दिए । मृतक केसीको शव स्थानीयहरु गाडेको अवस्थामा आधा खुुट्टा र कपडा देखेृपछि प्रहरीलाई खबर गरेका थिए । 

त्यस्तै प्रहरीले बालिकालाई ठक्कर दिएर फरार अटो चालकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक घोराही– १२ हापुर गुर्जेका सुवास सुनार रहेका छन् ।  गत चैत १६ गते घोराही हापुर रोडमा  अटोको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका वडा नं १७ की ५ वर्षिया बालिका युविका बुढाथोकीको मृत्यु भएको थियो ।  बालिकालाई ठक्कर दिई फरार भएका सुनारलाई भारतको हरियाणाबाट पक्राउ गरी ल्याएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अटो चालक सुनार घटना भएको २६ दिनपछि पक्राउ परेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप