सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

आइतबार, १० वैशाख २०८०, १८ : १५
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले स्थापना दिवसको अवसरमा विविध विधामा दिइने २०७९ सालको पुरस्कार घोषणा गरेको छ ।

हरेक वर्ष सङ्गीत, नाटक तथा नृत्य विधामा महत्त्वपूर्ण योगदान पु¥याउने ६ जना श्रष्टा तथा सर्जकलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान गरिन्छ ।

यस क्रममा २०७९ को सङ्गीत विधातर्फ सङ्गीतकार गणेश रसिक, लोकसङ्गीत विधातर्फ लोकगायक नवीन किशोर राइर्, परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फ सङ्गीत साधक विजयकुमार श्रेष्ठलाई पुरस्कार प्रदान गरिने भएको छ । 

त्यस्तै, नाटक विधातर्फ प्राडा रामचन्द्र पोखरेल, रङ्गमञ्च विधातर्फ निर्देशक भैरव क्षेत्री तथा नृत्य विधातर्फ लोक नृत्यकार कुलमान नेपालीलाई प्रदान गरिने भएको छ ।  

घोषित पुरस्कार यसै आर्थिक वर्षभित्र राष्ट्रपतिको हातबाट प्रदान गरिने जानकारी गराइयो । 

यसै गरी विविध सांस्कृतिक प्रस्तुतिसहित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १३ औँ वार्षिकोत्सव मनाएको छ ।कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलेसंस्कृतिको क्षेत्रमा ठूलो अभियान चलाउनु पर्छ भनेर नीति तथा कार्यक्रममा नयाँ कुराहरु ल्याउन लागेको बताए ।

कार्यक्रममा कुलपति निशा शर्मालेसरकारले आफूलगायत प्राज्ञ परिषद् र प्राज्ञ सभामाथि गरेको विश्वासलाई निराशामा परिणत हुन नदिने जिकिर गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप