सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धनुषामा अनलाइनबाट ठगी गर्ने ६ जना पक्राउ

आइतबार, १० वैशाख २०८०, १९ : ३९
आइतबार, १० वैशाख २०८०

जनकपुरधाम । धनुषा प्रहरीले अनलाइन ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ।  प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी ६ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनुषा विदेह नगरपालिका–१ का ४० वर्षीय संजिव भिनवार यादव, कमला नगरपालिका–३, लग्माका २५ वर्षीय रंजित नुनिया, जनकपुरधाम उपमहानगरपालिका–१७ का ३३ वर्षीय अन्देश महतो, जनकपुरधाम–१६ का पप्पु पूर्वे, वडा नम्बर १२ का ४८ वर्षीय उसवान अन्सारी र सोही ठाउँका २० वर्षीय मोहमद जिलानी साफी रहेका छन् ।

उनीहरूले अमेरिकन टलविन लाइफ नेटवर्किङ ब्राउजरबाट एक हजार ९१ जनालाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो व्यक्तिहरूबाट चार हजार ५ सय नेपाली रुपैयाँको दरले करिब ४९ लाख ९ हजार ५ सय रुपैयाँ रकम ठगी गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार प्रतिव्यक्तिबाट ३० रुपैयाँ अमेरिकी डलर लिएर चयनमा जोड्ने र अन्य व्यक्तिलाई पनि नेटर्वकिङमा आबद्ध हुन उनीहरूले प्रलोभन दिने गरेका थिए । सोबापत पहिलो व्यक्ति प्रत्यक्ष सदस्य बनाउनेले ५० प्रतिशत कमिसन आउने गरेको थियो भने बाँकी कम्पनीलाई जान्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप