आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रविले भने–हरेक मुस्किलसँग लड्न सक्ने साहस दिएकामा चितवनवासीलाई नमन्

आइतबार, १० वैशाख २०८०, १९ : ५४
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हरेक मुस्किलसँग लड्न सक्ने साहस दिएको भन्दै चितवनवासीलाई धन्यवाद दिएका छन् । 

‘हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनु भएकोमा आदरणीय चितववासीहरुमा विशेष  नमन्’, उनले उपनिर्वाचन सकिएसँगै सामाजिक सञ्जालमार्फत भनेका छन् ।  

उनले आफ्नो मताधिकार प्रयोग गरेर  लोकतन्त्रलाई मजबुत बनाउने काम भएको भन्दै सम्पूर्ण मतदातालाई  हार्दिक आभार प्रकट गरेका छन् । 

उनले निर्वाचनको दौरानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने  नेपाल तथा नेपालबाहिरका सबैमा आभार पनि प्रकट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप