आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तनहुँमा मतपेटिका संकलन गर्न करिब ५ घण्टा लाग्ने

आइतबार, १० वैशाख २०८०, २० : १०
आइतबार, १० वैशाख २०८०

पोखरा । तनहुँमा ६३ हजार ७ सय ५७ मत (५१.७ प्रतिशत) खसेको छ । आइतबार भएको प्रतिनिधिसभा तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सकिएको हो ।

निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार  सबैभन्दा बढी मत व्यास नगरपालिकामा खसेको छ । यहाँ ४० हजार ४ सय  ४९ हजार मतदाता रहेकोमा २२ हजार ४ सय २५ मत खसेको हो । आबुखैरेनीमा ६ हजार ७ सय ६९ मत, देवघाटमा ५ हजार ८ सय ५४ मत, बन्दिपुरमा ७ हजार ८ सय ३० मत, भानु नगरपालिकामा २० हजार ८ सय ७९ मत खसेको छ । 

प्रमुख ढकालका अनुसार मतदान सम्पन्न भएका सबै मतदान स्थलबाट साँझदेखि नै मतपेटिका संकलन कार्य भइरहेको छ । ‘अहिलेसम्म २५ वटा केन्द्रबाट मतपेटिका संकलन भइसकेको छ । अरु ठाउँबाट पनि मतपेटिका आउने क्रम जारी छ । राति १२ बज्छ,’ ढकालले भने । 

जिल्ला प्रहरी कार्यालय तनहुँका इन्स्पेक्टर राजकुमार विकका अनुसार मतपेटिका मतदान केन्द्रबाट सुरक्षितसाथ ल्याउन काम भइरहेको छ ।

 ‘मतपेटिकालाई मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा ल्याउने काम भइरहेको छ । देवघाटतिरबाट आउन अझै ४÷५ घण्टा लाग्छ,’ उनले भने, ‘राति १२ बजेसम्म संकलन गर्न लाग्छ । यसपछि राजनीतिक दलहरुको संयुक्त बैठक बसेर मत गन्ने प्रक्रिया अगाडि बढ्छ ।’

निर्वाचन कार्यालयले मतपेटिका गन्न सोमबार बिहानबाट मात्र हुनसक्ने सम्भावना रहेको जनाएको छ । ‘भौगोलिक अवस्था जटिल भएकाले मतपेटिका संकलन हुन समय लाग्छ । यसपछि मात्र गणना थाल्छौं,’ प्रमुख ढकालले भने ।

t

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप