आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

बारा–२ को मतपेटिका संकलन लगभग सकियो, सोमबारमात्रै मतगणना गर्ने तयारी

आइतबार, १० वैशाख २०८०, २३ : ०१
आइतबार, १० वैशाख २०८०

बारा । बारा–२ को मतगणना सोमबार मात्रै गर्ने तयारी भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका लगभग संकलन सकिएको भएपनि भोलिमात्रै सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । 

उनका अनुसार बिहान ६ बजे सर्वदलीय बैठक बस्ने तयारी भएको छ । त्यसपछि सर्वदलीय बैठकले गर्ने निर्णयको आधारमा मतगणना सुरु गरिने छ ।  बारा २ को  मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । बारामा करिब  ६३ प्रतिशत मतदान भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप