उपनिर्वाचन
तनहुँ १ मा पौने १२ बजेबाट मतगणनाको तयारी
आइतबार, १० वैशाख २०८०, २३ : १५
तनहुँ । तनहुँ १ मा पौने १२ बजेबाट मतगणना सुरु गर्नेगरी तयारी भएको छ । निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालले आइतबार राति पौने १२ देखि जिल्ला समन्वय समिति परिसर, दमौलीमा मतगणनाको तयारी भएको बताए ।
अहिले सर्वदलीय बैठक बसिरहेको भन्दै सोहीअनुसार बैठकले निर्णय गरेर मतगणना सुरु गर्ने तयारी भएको उनको भनाइ छ । उनका अनुसार मतपेटिका सबै संकलन भएपछि रुजु गरिसकेर सर्वदलीय बैठक बसिरहेको हो ।