सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एफए कपको उपाधिका लागि म्यानचेस्टर युनाइटेड र सिटी भिड्ने

सोमबार, ११ वैशाख २०८०, ०७ : ३९
सोमबार, ११ वैशाख २०८०

काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ । ब्राइटलाइ टाई ब्रेकरमा ७–६ ले पराजित गर्दै म्यानचेस्टर फाइनलको यात्रा सुनिश्चित गरेको हो । 

गए राति वेम्वली स्टेडियम लन्डनमा निर्धारित तथा थप गरिएको समयमा पनि गोलरहित बराबरी भए पछि खेल टाई ब्रेकरमा पुगेको थियो ।  

टाई ब्रेकरमा युनाइटेडका सबै खेलाडीहरूले गोल गरेर विजेता बने पछि अब म्यानचेस्टर युनाईटेड फाइनलमा म्यानचेस्टर सिटीसँगको खेल्नेछ ।

म्यानचेस्टर डर्वीमा ३ जुनमा उपाधिका लागि दुई टिमबीच प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप